post

आधा सेकेन्डमै सिटी स्क्यान सेवा अब नेपालमै !

आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न मिल्ने मेसिन नेपालमा पनि भित्रिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले आधा सेकेन्डमै सिटी स्क्यान गर्न सकिने सिटी स्क्यान मेसिन ल्याएको हो । आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न सकिने मेसिन नेपालमै मनमोहन अस्पतालले मात्र ल्याउन सफल भएको सो अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले दाबी गरे । उक्त मेसिन बिरामीका लागि धेरै फाइदाजनक भएको कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए । उनका अनुसार मनमोहन अस्पतालले नेपालमै पहिलो पटक कार्डियो भास्कुलर हाइब्रिड थियटर पनि ल्याएको छ । कार्डियो भास्कुलर हाइब्रिड थियटर अत्यधिक गुणस्तरीय रहेको भन्दै उक्त अपरेसन थियटर नेपालमा पहिलो पटक ल्याउन सकेको उनले बताए । अन्य सरकारी तथा निजी अस्पतालमा उक्त अपरेसन थियटर नभएको उनको भनाइ छ । मुटुको शल्यक्रिया र क्याथ ल्याब उपचार एकसाथ गर्न सक्ने अत्याधुनिक उपकरण ‘कार्डियो भास्कुलर हाइब्रिड थियटर’ का लागि नेपालीले भारतमा गएर १५–२० लाख खर्चने गरेको भन्दै नेपालमा भारतमा भन्दा सस्तो मूल्यमा उक्त...

post

प्रतिनिधिसभा सदस्यमा माओवादीबाट रानाको दाबी

भदाैं १६, मन्थली  । आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरुले उम्मेदवार छनौट प्रक्रिया सुरु गरेसँगै रामेछापमा पनि विभिन्न राजनीतिक दलबाट उम्मेदवार हुन चाहनेहरु यतिबेला पार्टीपंक्तिभित्र टिकटको दावी गर्न थालेका छन् । २०४८ सालदेखि नै माओवादीको पकड क्षेत्रका रुपमा रहेको रामेछापमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न माओवादीमा विभिन्न नेताहरुले दावी प्रस्तुत गर्दै आइरहेका छन् । मुलुक संघीयतामा गएसँगै एउटा मात्रै संघीय संसदको सिट रहेको रामेछापमा माओवादीका तर्फबाट टिकटको दावी गर्नेहरुमा वर्तमान प्रतिनिधिसभा सदस्य श्यामनारायण श्रेष्ठ, माओवादीका पोलिटव्युरो सदस्य युवराज चौलागाई र माओवादी नेता विक्रम रानाले दावी प्रस्तुत गरेका छन् । श्रेष्ठ २०७० र २०७४ सालमा माओवादीबाट टिकट लिएर विजयी भइसक्नु भएको छ भने यसपटक नयाँ अनुहार आउनुपर्ने माओवादीका अधिकांश नेता कार्यकर्ता समेत सहमत रहेका छन् । टिकट वितरणबारे बहस र छलफल चल्दै गर्दा माओवादी नेता विक्रम रानाले आफूले टिकट पाउनुपर्ने दावी प्रस्तुत गर्नुभएको छ । रानाले आफूले प्रतिनिधिसभाको टिकट पाए माओवादीको जित सुनिश्चित रहेको र जिल्लाभित्र...

post

चिसो मैदानले नेपाल र जिम्बावे ए बीचको अन्तिम खेलमा ढिलाइ

बैशाख २६, काठमाडौं । नेपाल र जिम्बावे ए बीचको अन्तिम एकदिवसीय खेलको टस चिसो आउटफिल्डका कारण समयमै हुन सकेको छैन । त्रि.वि क्रिकेट मैदानमा सोमबार ९ः३० बजे बाट सुरू उक्त खेल आइतबार परेको पानीले मैदान ओसिलो भएपछि निर्धारित समयमा हुन सकेन । ११ बजे अम्पायरले मैदान निरीक्षणपछि टस अझै हुन नसक्ने जानकारी दिएका छन् भने अर्को निरीक्षण ११ः४५ बजे हुनेछ । जिम्बावे ए सँगको तीन खेलको एकदिवसीय सिरिजमा नेपालले पहिलो खेल ३ विकेटले हारेको थियो भने दोस्रो खेल ९ विकेटले सहज जितेको थियो । आजको खेल रद्द भए नेपाल र जिम्बावे ए बीचको सिरिज बराबरी हुनेछ । यसअघि नेपालले जिम्बावे ए सँगै घरेलु मैदानमा खेलेको टी २० सिरिज पनि बराबरीमा सकिएको थियो ।

post

एक करोड ५४ लाख मतपत्र छपाई सम्पन्न

बैशाख १४, काठमाडौँ । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि हालसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार (करिब ८० प्रतिशत) मतपत्रको छपाइ कार्य सकिएको छ । बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी रहेको निर्वाचन आयोगले आज आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ । निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्नेछ । निर्वाचन आयोगले जिल्लाहरूमा निर्वाचन सामग्री पठाउनेक्रम भने पूरा गरेको छ । आज ७७ जिल्लामा सामग्री पठाइएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए अनुसार वैशाख १३ गतेदेखि नै मतपत्र ढुवानी शुरु गरिएको छ । आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार २०७९ साल वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता पनि कार्यक्रम अनुरुप नै सम्पन्न भएकोे छ । निर्वाचन कार्यतालिका अनुसार वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी...

post

बिहानै देखियो त्रिभुवन विमानस्थलमा राडारको समस्या

चैत्र १०, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको राडारमा समस्या देखिएपछि उडानहरू प्रभावित भएका छन् । बिहान ६ बजे राडारमा समस्या आएपछि उडान केही समय प्रभावित भएको त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जनाए । राडारको समस्या देखिएपछि विमानस्थल कार्यालयले वैकल्पिक व्यवस्था गरेर उडान अवतरणको प्रयास गरेको थियो । अहिले भने समस्या समाधान भइसकेको छ । ‘राडारको समस्यासँगै भिजिबिलिटी पनि कम देखिएका कारण उडान केही समय प्रभावित भएको हो,’ ठाकुरले भने । निजी वायुसेवा प्रदायक कम्पनीहरूले उडान प्रभावित भएको भन्दै उडानसम्बन्धी जानकारी मोबाइल एपबाट लिन अनुरोध गरेका थिए ।  

post

कांग्रेस महामन्त्रीमा गगन थापाको जित पक्का

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापाको जित पक्का भएको छ । पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा ३९९० मत गन्दा उनले २५८१ मत पाएका छन् । ४६७९ मत खसेकामा अब करिब ७ सय मत गन्न बाँकी छ । तर गगनले अरु उम्मेदवारले भन्दा ९०० बढी मत पाइसकेका छन् ।

post

मिस वल्र्ड २०२१को फाइनल भोलि, नेपालको जित्ने सम्भावना कति ?

पुस १, काठमाडौँ । विश्वको लोकप्रिय सुन्दरी प्रतियोगिता मिस वल्र्डको ७० औँ वार्षिकोत्सवको प्रतियोगिता पोएर्टोरिकोमा भइरहेको छ । मिस वल्र्ड २०२१को फाइनल पौष २ गते शुक्रबारका दिन नेपाली समय अनुसार बिहान ५ः४५ मा सुरु हुनेछ । यस वर्ष मिस वल्र्डको ताजका लागि करिब १०० देशका सुन्दरीहरु भिड्ने छन् । यस वर्षकी मिस नेपाल नम्रता श्रेष्ठको पनि मिस वल्र्ड जित्ने सम्भावना प्रबल रहेको छ । त्यसो त उनी हेड टु हेड जित्दै उत्कृष्ट ३०मा पर्न सफल भइसकेकी छिन् भने ब्युटी विथ अ पर्पोजको टप १०मा पर्न सफल भएकी छिन् । पहिलेका वर्षको जस्तो समर्थन नपाएको हुँदा उनले मल्टीमिडिया अवार्ड जित्नका लागि चाहिने भोट पनि पर्याप्त मात्रामा पाइरहेकी छैनन् । यस बाबजुद पनि यस वर्ष उनले आफ्नो देशको नाम राख्नका लागि कुनै कसुर छोडेकी छैनन् । सन् २०१८ र २०१९ का मिस नेपालहरुको उपलब्धी हेर्ने हो भने नेपालले हरेक वर्ष पहिलेको भन्दा राम्रो गर्दै आइरहेको छ । मिस वल्र्डमा २०१८ की मिस...

post

खनियापानी आहालडाँडामा तरकारी बाली अबलोकन

सुनापति, रामेछाप । तरकारी अभिभावक कृषि समूहको अगुवाई साहस नेपाल र साइलेन्ट नेटवर्क र सुनापति गापा वडा नं. ५ को वडा पालिका र गाउँपालिकाको संयुक्त आयोजनामा साइलेन्ट नेटवर्कको नेतृत्वमा तरकारी अभिभावक कृषि समूहको करेसावारी अवलोकन गरिएको छ । मंसिर १४ गते सुनापति गाउँपालिका वडा नं. ५ खनियापानी, आहालडाँडास्थिति कृषकहरुले लगाएका तरकारी खेती, बाख्रा, पालन, मौरी पालन लगायतको अवलोकन गरिएको हो । सो अवसरमा आहालडाँडास्थित आहालडाँडा उन्नत मौरी पालन, आहालडाँडा बाख्रा फर्म, अकबरे खुर्सानी, कागती, एबोकाडो, आलमन बदाम, बुद्धचित्त, रुद्राक्ष, सागसब्जी लगायतका करेसाबारी तरकारी खेतीको अबलोकन गरिएको थियो । अवलोकन कार्यक्रममा प्रशंसा राई, निता जोशी, सुभना श्रेष्ठ, विदेशी पाहुना शिल्के जाइगेट, हाकिमे यागेटक, अभिषेक थापाको टोलीलगायत रहनुभएको थियो । टोलीलाई स्थानीय आधारभूत विद्यालयका प्र.अ. बमबहादुर मानन्धरले सहजीकरण गर्नुभएको थियो । सो अवसरमा गोठे सुधार मल, मुत्र संकलन गरी तरकारी खेतीमा लगाउन र बढी भन्दा बढी लाभ लिने गरी तरकारी अभिभावक कृषि समूहलाई निर्देशन दिइएको छ । स्थानीय कृषकहरुले मौरी पालनबाट १७...

post

लाईसेन्स पाउने प्रतिक्षामा ६ लाख नेपाली

  कार्तिक २९, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाईसेन्स)का लागि आवेदन बुझाएर परीक्षाको प्रतिक्षामा बस्नेको संख्या ६ लाख पुगेको छ । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको आवेदन लिने काम गत कात्तिक ८ मा खुलाएपछि झन्डै चार लाखले आवेदन बुझाएका छन् । पहिले नै आवेदन बुझाएर परीक्षाको प्रतीक्षामा बस्नेको संख्या दुई लाख भएको यातायात व्यवस्था विभागले जनाएको छ । ६ महिनापछि कात्तिकको दोस्रो साता आवेदन पुनः खुलाइएको भए पनि प्राविधिक कारणले बीचमा झण्डै चार दिन अवरुद्ध भएको थियो । एकैपटक धेरै सेवाग्राहीले आवेदन भर्न खोज्दा समस्या आएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए ।

post

कुलमानविरुद्धको रिट सर्वोच्चद्वारा अस्विकार, कुलमानलाई काम गर्ने बाटो खुल्यो

असोज ५, काठमाडौं । नेपाल सरकारले २७ साउनमा हितेन्द्रदेव शाक्यलाई हटाएर कुलमानलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । तर हितेन्द्रदेव शाक्यलाई हटाउने निणर्य गैरकानुनी भएको भन्दै उनले सर्वोच्च अदालत गएर आफूलाई हटाउने र घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निणर्य खारेजको माग गर्दै अदालत गएका उनले मन्त्रिपरिषद् निणर्य कार्यान्वयन नगर्न र घिसिङलाई कार्यकारी निर्देशकको पदमा काम गर्न नदिन अन्तरिम आदेश मागेका थिए । तर अन्तरिम आदेश दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको एकल इजलासल अस्वीकार गरेको छ । यसो हुँदा अब यस मुद्दाको टुंगो नलाग्दा सम्म कार्यकारी निर्देशकमा कुलमानलाई काम गर्ने बाटो खुलेको छ ।

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660